सभामुखविरुद्धको मुद्धा न्यायाधीश सपना मल्लको इजलासमा

सभामुखविरुद्धको मुद्धा न्यायाधीश सपना मल्लको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख अग्नि सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ सोमवार नसकिएपछि आज पुनः बहस हुँदैछ । मुद्दाको पेसी मंगलबार पनि न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । मुद्दाको पेसी तोकिएको तेस्रो दिन पुनः यो मुद्दा न्यायाधीश सपना प्रधान मल्लकै इजलासमा परेको हो ।

सोमबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उत्प्रेषण आदेश माग गर्दै दायर गरेको रिटमाथि न्यायाधीश सपनाप्रधान मल्लको इनलासमा सोमवार भएको सुनुवाइमा त्रिपाठीसहित बाबुराम गिरी, ओमप्रकाश अर्याल, राजेश चापागाईं, सुनिल पोखरेलले बहस गरेका थिए ।

सापकोटा सभामुख पदमा निर्विरोध हुने अवस्था आएपछि सर्वाेच्च अदालतमा मुद्दा परेको थियो ।