काठमाडौं – सभामुखको उम्मेद्वार बनेका नेकपा नेता अग्नी सापकोटाले अग्रिम बधाई पाएका छन् ।
बसेको प्रतिनिधिसभा बैठकमा उनलाई सांसद र मन्त्रले बधाई दिएका हुन् । आजको पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गरेकी थिइन् ।
केही मिनेट चलेको बैठकमा उपसभामुखले राजीनामाबारे बोलिन र बैठक दिउँसो चार बजे बस्नेगरी स्थगित गरिन् बैठक सकिएपछि नेकपाका सांसदहरुले सापकोटालाई अग्रिम बधाई दिएका हुन् ।
सापकोटालाई सत्तारूढ नेकपाले सभामुख उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । संसदमा नेकपाको बहुमत भएकाले उनी सभामुख बन्ने पक्का छ । त्यही भएर प्रक्रिया नै सुरू नभए पनि सांसदहरूले सापकोटालाई बधाई दिएका हुन् ।
प्रतिक्रिया