काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार बिहान सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
गत असोजदेखि रिक्त सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको थियो । नेकपाको निर्णयसँगै प्रतिनिधिसभाले सभामुख निर्वाचन प्रक्रिया थालेको हो ।
सभामुख निर्वाचनमा कांग्रेस भने सहभागी नहुने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो । सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ ।
प्रतिक्रिया