काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उमेद्वार बनाएका सापकोटाविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
उनले सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरेका छन् । काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
प्रतिक्रिया