काठमाडौं– नेपाल र भारतबीच आठ बुंदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । पांच दिने भारतको राजकीय भ्रमणमा गएका प्रधानमन्त्री शेबहादुर देउवा र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीमा अर्थसचिव सान्तराज सुवेदी र भारतको तर्फबाट विदेश सचिव एस.जयशंकरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारीमध्ये चार वटा बुदा भूकम्पपछिको पुननिर्माणमा केन्द्रित छन् ।
भारतले भुकम्पपछिको पुनर्निर्माणका लागि भारतले १ अर्ब सहयोग गर्ने यसअघि नै घोषणा गरेको थियो । त्यसैगरी स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्वन्धी समझदारीमा हस्ताक्षर समेत भएको छ ।
दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा अन्य चार सम्झौता समेत भएका छन् । जसअनुसार नेपाल र भारतबीच मेची पुल पुर्ननिर्माण, लागू औषध नियन्त्रण, नापतौल र चार्टर एकान्टेनसम्वन्धी सम्झौता भएका छन् ।
प्रतिक्रिया