कृषि विकास बैंकले दिने भयो २० प्रतिशत बोनस शेयर

कृषि विकास बैंकले दिने भयो २० प्रतिशत बोनस शेयर


काठमाडौं– कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ।

 

 

बैंकले आव २०७३÷७४ को लाभांशबाट बोनस शेयर दिन लागेको हो। उसले आर्थिक वर्ष २०७३÷७४ मा ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ।

 

 

बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आव २०७२-७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप संकलन वृद्धि भएको जानकारी दिए।

 

बैंकले आव २०७३-७४ मा एक खर्ब नौ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो। बैंकको चुक्ता पूँजी सात अर्ब आठ करोड ७६ लाख ८० हजार रहेको छ।