कृषि मन्त्री खनाल र जर्मनीका राजदूतबीच भेटवार्ता: कृषि मन्त्रीहरुको सम्मेलनका लागि निमन्त्रणा

कृषि मन्त्री खनाल र जर्मनीका राजदूतबीच भेटवार्ता: कृषि मन्त्रीहरुको सम्मेलनका लागि निमन्त्रणा


काठमाडाैं–कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल र नेपालका लागि जर्मनी राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ।
मन्त्रालयमा भएको भेटमा दुई पक्षीय हित र आपसी सम्बन्धका विषयमा कुराकानी भएको हो।

भेटमा राजदुत शेफरले आगामी जनवरीमा हुने कृषि मन्त्रीहरुको ११औं बर्लिन सम्मेलनमा सहभागिताका लागि मन्त्री खनाललाई निमन्त्रणा दिएका छन्। उक्त सम्मेलन खाद्यन्न र कृषिको लागि विश्व मञ्च र अन्तराष्ट्रिय हरित सप्ताहको संयोजनमा हुन लागेको हो।

भेटमा राजदुत शेफरले नेपालको राजनीति सवल दिशामा अग्रसर भएको र स्थिर सरकार कायम रहेको भन्दै कृषि पूर्वाधारका क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए। जवाफमा मन्त्री खनालले निमन्त्रणाका लागि धन्यवाद दिँदै कुनै सहयोग आवश्यक परेमा जानकारी गराउने बताएका छन्।