कृषि उत्पादन निर्वाहमुखी हुन सकेन : मन्त्री खनाल

कृषि उत्पादन निर्वाहमुखी हुन सकेन : मन्त्री खनाल


काठमाडौँ – नवनियुक्त कृषि, भूमि तथा सहकारीमन्त्री चक्रपाणी खनालले मुलुकमा आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको जनाउँदै आत्मनिर्भरमुखी कृषि योजना ल्याउने बताएका छन् ।

मन्त्रालयमा शुक्रबार पदबहाली गरेपछि उनले भने, “जैविक विविधताले भरिपूर्ण देशमा कृषिको प्रचुर सम्भावना छ, कृषि उत्पादन निर्वाहमुखि हुन सकेन ।” विज्ञहरुसँग सुझाव लिएर राम्रो योजना निर्माण गरिने बताउँदै मन्त्री खनालले केही वर्ष्भित्र कृषि उत्पादनलाई निर्यातमुखी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल कृषि प्रधान देश भए पनि यहाँ कृषि क्षेत्रको समुचित विकास हुन नसक्दा त्यसको आयातका लागि ठूलो धनराशि विदेशिने गरेकामा उनले चिन्ता ब्यक्त गरे । देश र जनताको हितलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिँदै मन्त्री खनालले आफूले इमान्दार कर्मचारीलाई सधँै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।