बढुवा भएका एआईजीले दज्र्यानी चिन्ह लगाए

बढुवा भएका एआईजीले दज्र्यानी चिन्ह लगाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं–प्रहरी नायव महानिरीक्षकबाट पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार मन्त्रीपरिषद्को मंसिर ६ गतेको निर्णय अनुसार महानिरीक्षक अर्यालले प्रहरी नायव महानिरीक्षकबाट पदोन्ती भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई दर्जाको चिन्ह प्रदान गरेका हुन् ।

उक्त अवसरमा दज्र्यानी चिन्हबाट सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरुमा हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठ रहेका छन् ।

समारोहमा शुभकामना मन्तव्य दिदै प्रहरी महानिरीक्षक अर्यालले संगठनको उच्च तहमा पुगेको अवस्थामा अझै अब्बल कार्य गर्ने अपेक्षा संगठनको रहेको बताए । निर्वाचनको पूर्वसन्ध्यामा स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्ने चुनौतीको सहज व्यवस्थापन गरी पदोन्नतीको उपादेयतालाई पुष्टी गर्ने बिश्वास व्यक्त गर्दै उनले यस कार्य सफलताका लागि मातहतलाई समेत निर्देशन दिई काम गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रमा देखा पर्ने विकृति, बिसंगति हटाउन विशेष पहल गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक अर्यालले माथिल्लो दर्जाको उचाई कायम राख्न पूर्ण जिम्मेवारीका साथ व्यावसायिक र अनुशसित भएर सांगठनिक हित तथा जनसेवामा काम गर्न निर्देशन दिए । राष्ट्र र संगठनको निर्धा्रित उद्देश्य प्राप्तीमा दर्जाको गरिमा अनुसार कटिवद्ध भई काम गर्नुपर्ने उनले बताए ।

उक्त अवसरमा पदोन्नती भएका प्रहरी अधिकतहरुको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक हेमन्तबहादुर पालले बहुआयामिक उद्देश्य बोकेको प्रहरी संगठनमा आफ्नो विवेक र अनुभवको उचित प्रयोग गरी संगठनको गरिमा बढाउने कार्यमा कटिवद्ध रही कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।