काठमाडौं – नेपाल पुलिस एकेडेमीले ईतिहाँसमै अनुसन्धान बिभागका अधिकृतहरुलाई पहिलो पटक बिशेष तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशकको रुपमा प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) धीरु बस्न्यातले नेतृत्व सम्हालेपछि राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सह अनुसन्धान निर्देशक र उप अनुसन्धान निर्देशकहरुलाई प्रहरीको रणनीति र व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिईएको हो ।
प्रहरी अधिकृतहरुलाई अहिलेको सुरक्षा चुनौती र व्यवस्थापकीय आयमहरुको सम्बन्धमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिईएको छ । तालिम पश्चात उच्च व्यवशायिक क्षमता र सक्षम जनशक्तिमा प्रहरीलाई रुपान्तरण गरिएको जनाईएको छ ।राष्ट्रिय प्रहरी प्रशिक्षण द्दारा सञ्चालित स्ट्याटेजी मेनेजमेन्ट तालिमले प्रहरी संगठनकै उच्च व्यवशायिक क्षमतामा रुपान्तरण गर्न भूमिका खेल्नेछ ।
एआइजी बस्न्यातबाट उद्घाटन भएको उक्त तालिममा ७ जना सह अनुसन्धान निर्देशक र १८ जना उपअनुसन्धान निर्देशक गरी कुल २५ जना अनुसान्धान बिभागका प्रशिक्षार्थीहरुहरुको सहभागिता रहेको छ । तालिमले बिभागमा उपलब्ध श्रोत साधनको अधिकतम परिचालन, जनशक्तीको समयोचित ब्यवस्थापन गरि प्रभाबकारी समन्बयको आधारमा उच्च अधिकृतहरुले संयोजनकारी ब्यबस्थापकीय भुमिका निर्बाह गर्न सक्षम हुने एआइजी बस्न्यातले बताएका छन् ।
राष्ट्रिय सुरक्षामा अहम भूमिका निर्वाह गरिरहेका राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत उच्च अधिकारीहरुलाई पेशागत ज्ञान, सीप, कौशलका साथै अहिलेकोग्लोबल सेक्युरिटी च्यालेन्जले पार्ने विश्वव्यापी प्रभाव र हाम्रो भूमिका अनुसार काम गर्न सक्ने सक्षम जनशक्ति निर्माण गर्ने अभिप्रायले राष्ट्रिय अनुसन्धान विभागको विशेष अनुरोधमा सुरक्षा र व्यवस्थाप क्षेत्रका विषयगत विज्ञहरुको सल्लाह, सुझाव अनुसार पाठ्यक्रम विकास गरी प्रशिक्षण शुरु गरिएको हो ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको लागि यसलाई पहिलो र नौलो अभ्यास समेतका रुपमा यसलाई हेरिएको छ ।
राष्ट्रिय आबश्यकतालाई ध्यानमा राखेर ईतिहाँसमा नै पहिलो पटक राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ आधिकृतहरुलाई समेत प्रशिक्षण दिने कार्य शूरु गरिनुलाई प्रहरी संघठनको क्षमता, परिपक्वता र कार्यदक्षतामा आमूल परिवर्तन ल्याउने प्रयास सुरु भईसकेको रुपमा समेत यसलाई बुझिएको छ । महाराजगञ्ज स्थित प्रतिष्ठानमा फागुन ३ गतेबाट सञ्चालित तालिम आउँदो बैशाख २७ गते सम्म कुल ७० दिन सम्म चल्नेछ ।
प्रतिक्रिया