एआईजी चन्दले संम्हाले कार्यभार,गुण्डा र अपराधीलाई त्रासको वातावरण सिर्जना गर्न निर्देशन

एआईजी चन्दले संम्हाले कार्यभार,गुण्डा र अपराधीलाई त्रासको वातावरण सिर्जना गर्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी जयबहादुर चन्दले उपत्यकाको शान्ती सुरक्षा कायम गर्न निर्देशन दिएका छन् ।  महानगरीय प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि नेपाल प्रहरी क्लव भृकुटीमण्डमा आयोजित कार्यक्रममा शुक्रवार मातहतका युनिट प्रमुख तथा वरिष्ठ अधिकारीहरुलाई निर्देशन दिदै चन्दले उपत्यकामा शान्ती सुरक्षा कायम गर्नु निकै चुनौतीपूर्ण काम भएको भन्दै सवैलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिए । 

 

 

चन्दले सम्बोधनका क्रममा प्रहरीलाई नागरीकमैत्री बनाउन सवैले आ–आफ्नो ठाउमा भुमिका खेल्नुपर्ने बताए । उनले गुनासो दिएर प्रहरीकोे कार्यालयमा आउने सर्वसाधरणलाई शिष्ट व्यवहार गर्न र गेटमा जिम्मेवार अधिकृतलाई खटाउन समेत मातहतका निकायलाई निर्देशन दिएका छन् ।  चन्दले नागरीकलाई असर ब्यवहार गर्न र  गुण्डा अपराधीलाई त्रासको वातावरण सिर्जना गर्न समेत निर्देशन दिए ।

 

“तपाईहरुले आजैबाट आ–आफनो कार्यालयलाई नागरीकमैत्री बनाउनुहोस्, जनतासंग शिष्ट ब्यवहार गर्नुहोस,तर गण्डागर्दी गर्ने र अपराधीक क्रियाकलापमा संलग्न हुनेलाई त्रास सिर्जना हुने खालको बातावरण बनाउनुहोस ।” चन्दलाई उदृत गर्दै कार्यक्रममा उपस्थिती एक प्रहरी अधिकारीले भने ।  

उनले गृहमन्त्री र प्रहरी महानिरीक्षकको निर्देशनलाई अक्षरस पालना गर्न समेत मातहतका निकायलाई निर्देशन दिएका थिए । “काम नगर्ने खाली सेटमा मात्र बोल्ने प्रवृती मलाई मन पर्दैन,तपाईहरुले जनताको मन छुने गरी काम गर्नुहोस ।” सम्बोधनमा चन्दले भने ।

 

पदमा बहाली भएलगत्तै एआईजी चन्दले आजै गृहमन्त्री जनार्दन शर्मा र प्रहरी महानिरीक्ष्ँक प्रकाश अर्यालसंग भेटवार्ता गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले उनलाई आईजिपी नियुक्त गरेपनि सर्वोच्च अदालतको बृहत पुर्ण इजलासको फैसलाले उनको नियुक्ती खारेज गरेको थियो ।

 

सरकारले आईजिपी नियुक्त गरेका चन्दलाई कांग्रेस सभापति रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई दुई नम्वरमा एआईजी बढुवा गरेको थियो ।