माओवादीको आरोपमा मुख्यालय तानिए प्रहरीका दुई एआईजी

माओवादीको आरोपमा मुख्यालय तानिए प्रहरीका दुई एआईजी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी नायव महानिरीक्षकबाट पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरू मध्ये दुई जनाको कडा जिम्मेवारी परेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्ह प्रदान गरे लगत्तै एआइजीद्वय मधु पुडासैनी र माधव नेपाललाई क्रमश ५ र ७ नं को जिम्मेवारी दिएर पठाइएको छ ।

 

 

 

 

उनीहरूलाई पदस्थापान गरिएको स्थानमा यसअघि मिङ्मार लामा र विजय भट्टलाई जिम्मेवारी दिइएको थियो ।

 

 

 

सरकारले ११ बाट १५ जना एआइजी बनाएपछि पालैपालो दुई–दुई महिनामा सरूवा शुरू गर्दे उनीहरूलाई निर्वाचनको मुखमा त्यहाँ सरूवा गरिएको हो । अघिल्लो पटक कार्य क्षमतामा अब्बल रहेपनि नेपाल र पुडासैनी छुटेका थिए । विजय भट्ट सुदुरपश्चिमकै भएका कारण उनले निर्वाचनमा प्रभाव पार्न नसक्ने आँकलन गरी माधव नेपाललाई पठाइएको हो ।

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिव भानु देउवाको पहलमा उनलाई त्यहाँ लगिएको स्रोतले जनाएको छ भने पुडासैनी खुमबहादुरको असली मान्छे भएकै कारण मिङ्मारलाई सरूवा गराएर ५ नं प्रदेशको जिम्मेवारी दिएको स्रोतले जनाएको छ ।

 

 

 

७ नम्बर प्रदेशको डडेलधुरामा प्रधानमन्त्री र सोही प्रदेशको कैलालीमा उनकी पत्नी आरजु देउवा उम्मेदवार छन् । उनीहरूको अवस्थालाई ध्यानमा राखेर प्रधानमन्त्रीका स्वकीय सचिवकै आग्रहमा त्यहा लगिएको स्रोतले जनाएको छ ।

 

 

 

सुदूरपश्चिमकै भएपनि भट्टलाई भानु देउवाको निर्देशन मान्न कठिन हुने भएकाले पनि नेपाललाई एआइजी बनाएर जिम्मेवारी दिएको स्रोतको दाबी छ । यसअघि पनि नेपाल सोही प्रदेशमा क्षेत्रीय प्रहरी प्रमुखका रूपमा डिआइजी भएर बसेका थिए । भट्टको आर्थीक रुपमा पनि अपारदर्शी छवि थियो ।

 

 

 

पछिल्लो पटक बढुवा हुनेहरूमा हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठ रहेका छन् । उनीहरू यसअघि नै बढुवा हुनपर्ने भएपनि भट्ट र लामालगायतका प्रहरी अधिकारीलाई बढुवा गरिएको थियो ।

 

 

 

ट्राफिकबाट हटाएर बढुवामा पारिए पनि लामालाई माओवादीको आरोप लगाएर ५ नं प्रदेशबाट प्रहरी प्रधान कार्यालयमा सरूवा गरिएको छ भने भट्टलाई सुरक्षा परिषदमा सरूवा गरिएको छ ।

 

 

प्रहरीका लागि सुरक्षा परिषदको दरवन्दी भनेको कारवाही जस्तै हो त्यहाँ प्रहरीका सम्पर्क सम्बन्धबाट टाढा रहने अवस्था हुन्छ । उनीहरूको बढुवा पनि अन्य डिआइजीहरू बढुवा भएको सातमहिनापछि सरकारले रातारात दरबन्दी थपेर गरेको हो ।

 

 

 

गत हप्ताको सोमबार राति ११ बजे प्रधानमन्त्री कार्यालयका सविच, गृहसचिव र प्रहरी महानिरीक्षको बढुवा समितिको बैठकबसी चार डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको थियो ।

 

 

 

मुलुक निर्वाचनमय भएकै अवस्थामा उनीहरूलाई बढुवा गरेर प्रदेश पठाउने हतारो सरकारले गरेको थियो । निर्वाचन आचारसंहिताले बढुवामा रोक लगाएको भएपनि प्रहरी महानिरीक्षक प्रकाश अर्यालको सहित सहमतिमा प्रधानमन्त्री शेरबहादुर देउवाको दबावमा रातारात निर्वाचन आयोगसँग समहति लिई चार एआइजीको बढुवा सिफारिस गरेका थिए ।

 

सरकारले यही कात्तिक २० गते निर्वाचन आयोगसँग दुईजना एआजी बढुवाका लागि अनुमति लिएको थियो भने दुईएआजी बढुवाका लागि त्यसैदिन निर्वाचन आयोगबाट जर्बजस्ती सहमति लिइएको थियो ।  आजको जनप्रहार साप्ताहिकमा समाचार छ ।