बझाङका ऐन महर एमाले केन्द्रीय सदस्य मनोनित

बझाङका ऐन महर एमाले केन्द्रीय सदस्य मनोनित


काठमाण्डु – नेकपा एमालेले ऐन महरलाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेको छ ।

आईतबार बसेको केन्द्रीय सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

महरले निष्ठा र इमान्दारिताका साथ पार्टीको काम गर्ने प्रतिबद्धता जनाएपछि सचिवालय बैठकले उनलाई पुनः केन्द्रीय सदस्यमा मनोनित गरेको छ । यसअघि पार्टीले उनको राजीनामा स्वीकृत गरेको थियो ।

उनी अनेरास्ववियुका पूर्व अध्यक्ष समेत हुन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए ।