कारवाही हुने समाचारप्रति एमाले केन्द्रीय सदस्य महरको आपत्ति (खण्डनसहित)

कारवाही हुने समाचारप्रति एमाले केन्द्रीय सदस्य महरको आपत्ति (खण्डनसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई कारवाही हुने भनी सम्प्रेषित समाचारप्रति उनले आपत्ति जनाएका छन् ।

काठमाण्डुपाटी डट्कमलाई खण्डन पठाउँदै उनले पीडित भनिएकी महिला स्वयंले साइबर ब्युरोमा गई आरोप असत्य, भ्रामक रहेको र बनावटी कुरा रहेको भनी निवेदन पेश गरेको विषयमा समाचार सम्प्रेषण भएकोमा उनको आपत्ति छ ।

‘समाचारले मेरो व्यक्तिगत र राजनीतिक प्रतिष्ठामाथि आघात पुगेको छ,’ उनले भनेका छन्, ‘नेकपा एमालेको अनुशासन आयोग, छानबिन समितिले कारबााही सिफारिस गर्‍यो भनेर समाचारमा भनिए जस्तो सत्यता छैन, अपुष्ट, तथ्यहीन, भ्रामक समाचार सम्प्रेषण गरेर चरित्रहत्या गर्न खोजिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

काठमाण्डुपाटीमा ‘ एमालेका कर्णाली अध्यक्ष शाह र केन्द्रीय सदस्य महरलाई कारबाही !’ शीर्षकको समाचार प्रकाशित भएको थियो ।