काठमाण्डु – वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी ‘पिटर्सबर्ग क्लाइमेट डायलग २०२५’मा सहभागी हुन जर्मन प्रस्थान गरेका छन् ।
बर्लिनमा आयोजना हुने संवादमा सहभागी हुन आईतबार वनमन्त्री शाही जर्मन गएका हुन् । जर्मन सरकारको विशेष निमन्त्रणामा मन्त्री शाही १६औं पिटर्सबर्ग क्लाइमेट डायलगमा सहभागी हुन जर्मन गएका छन् ।
संवाद चैत १२ र १३ गते आयोजना हुनेछ । संवादमा विभिन्न देशका करीब ४० जना मन्त्री सहभागी हुनेछन्, जहाँ जलवायु वित्त, पेरिस सम्झौताका लक्ष्य, जलवायु अनुकूलन लगायत विषय कार्यान्वयन गरिने विषयमा बृहत् छलफल गरिनेछ । मन्त्री शाही चैत १५ गते स्वदेश फर्किने जनाइएको छ ।
प्रतिक्रिया