एयर फ्रान्सद्वारा तेल अभिव र बेरुतका उडानहरू रद्द

एयर फ्रान्सद्वारा तेल अभिव र बेरुतका उडानहरू रद्द


काठमाण्डु-इजराइलले लेबनानमाथि हवाई आक्रमण सुरु गरेपछि एयर फ्रान्सले आजसम्मका लागि तेल अभिव र बेरुतका लागि आफ्ना निर्धाति उडानहरू रद्द गरेको छ ।

मध्यपूर्वको अवस्थाको आधारमा सोमवारसम्मका लागि उडानहरू रद्द गरिएको एयर फ्रान्सले जनाएको छ ।

सामान्यतया दुवै सहरका लागि दैनिक सेवा सञ्चालन गर्ने एयर फ्रान्सले पहिला नै जुलाई २९ देखि अगस्ट १५ को बीचमा बेरुतका लागि उडानहरू रोकेको थियो ।

दुवै गन्तव्यमा सेवा दिने एयर फ्रान्सको सहायक कम्पनी ट्रान्सभियाले पनि आफ्ना उडानहरू रोकेको एयर फ्रान्सले बताएको छ ।

दुवै गन्तव्यका लागि सेवा पुनः सुरु गर्न सुरक्षा स्थितिको नयाँ आँकलनको परिणाममा निर्भर रहने एयर फ्रान्सले जनाएको छ ।

जर्मन एयरलाइन्स लुफ्थान्साले शुक्रवार उसको बेरुत उडानको निलम्बनलाई सेप्टेम्बरको अन्त्यसम्म बढाएको छ । एयरलाइन्सले सेप्टेम्बर २ सम्म तेल अभिव र तेहरानका लागि उडान नभर्ने बताएको छ । रासस