एजेन्सी – जेट एयर पछि एयर इन्डिया पनि डुब्ने स्थितिमा पुगेको छ ।
आर्थिक अभावका कारण कर्मचारीलाई तलब खुवाउने पैसा नभएपछि एयर इन्डिया पनि डुब्ने स्थितिमा पुगेको नाम नबताउने सर्तमा एक सरकारी अधिकारी बताए ।
अघिल्लो वर्षको अक्टोबर महिनादेखि कम्पनीले कर्मचारीलाई पूरा तलब दिन नसकेको ती अधिकारीले जानकारी दिए ।
ती अधिकारीले भने, ‘सरकारले एयर इन्डियालाई सात हजार करोड भारुमा सोभरेन ग्यारेन्टी दिएको थियो र कम्पनीसँग २५ सय करोड भारु बाँकी छ । यसको उपयोग कम्पनीले छिट्टै गर्नेछ ।’
एयर इन्डियाले हरेक महिना तलबमा ३०० करोड भारु खर्च गर्छ र महिनौंदेखि उसले तलब भुक्तानी ढिलो गरी गरिरहेको छ ।
यसबीच एयर इन्डियाले यस आर्थिक वर्षबाट ९ हजार करोड भारुको कर्जा भुक्तानी शुरू गर्नुपर्नेछ तर भुक्तानी गर्न सक्ने उसको हैसियत छैन । कम्पनीले सरकारलाई सहायताको माग गरेको भए पनि स्वीकार गरिने सम्भावना कम छ । सरकारले यस कम्पनीमा शतप्रतिशत साझेदारी निजी लगानीकर्तालाई बेच्ने योजना बनाएको छ ।
प्रतिक्रिया