काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहरमा सूचीकृत, लाहोर पहिलो र दिल्ली दोस्रो स्थानमा कायमै

काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहरमा सूचीकृत, लाहोर पहिलो र दिल्ली दोस्रो स्थानमा कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहरको रूपमा सूचीकृत भएको छ ।

स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यू एयरको मापनअनुसार काठमाडौँको एक्यूआई १ ७० रहेको छ । हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ ।

विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ ।

काठमाडौंको पनि खुमलटार क्षेत्र सबैभन्दा बढी प्रदूषित छ । खुमलटारको प्रदूषण १६९ एक्यूआई मापन गरिएको छ । त्यस्तै रत्नपार्क क्षेत्रको प्रदूषण १६५, भरतपुको १६४ र शंकरपार्कको प्रदूषण १६२ एक्यूआई मापन गरिएको छ ।

पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ । यो निकै खतरनाक मानिन्छ ।

भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ । त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ । बुधबार दिल्लीको एक्यूआई ४ सयभन्दा माथि पुगेको थियो । दिल्लीका कतिपय स्थानमा यो ४५० भन्दा माथि पुगेको छ ।

तेस्रो स्थानमा भियतनामको हानोई छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका छ ।