विमान दुर्घटनाः सात जनाको उद्दार, विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

विमान दुर्घटनाः सात जनाको उद्दार, विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन


काठमाडौँ– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ । ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो।

प्रत्यक्षदर्शी चावहिल मैजुबहाल बस्ने मोहनबिक्रम लामाका अनुसार विमान आकाशबाट एकै पटक तल ओर्लियो, ल्याण्ड नभइ साँखुतिर हान्नियो। जहाज फेरी फर्केर घरतिरै ठोक्किएल झै गरी आयो। ९० डिग्रीमा मोडेर चावहिलतिरबाट ल्याण्ड भएको एकै छिन्मा धुवा आयो।

१४ जनाको उद्दार

त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमानमा रहेका चाैध जनाको उद्दार गरिएको छ । उनीहरुलाई अस्पताल पठाइएको छ । बंगलादेशबाट आएको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । उद्दार जारी छ । तर, विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

अहिलेसम्म १४ घाइतको उद्धार गरिसकेको महानगरिय प्रहरी आयुक्तको कार्यालयका एसएसपी पूर्णचन्द्र जोशीले बताए । उनका अनुसार विमानमा २ सय ५० भन्दा बढी यात्रु सवार थिए । धावनमार्गमा जहाज चिप्लिएर दुर्घटनामा परेको उनको भनाइ छ ।