काठमाण्डु- वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका हुन् ।
नयाँ मूल्य अनुसार काठमाण्डुबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ भाडा बढी लाग्ने वायुसेवा सञ्चालक संघले जनाएको छ । अब काठमाण्डु–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ ।
काठमाण्डुबाट सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेको छ । अब यो विमानस्थलसम्मको यात्राका लागि अधिकतम ४ हजार १९५ पुगेको छ । भरतपुर पुग्न अब ४ हजार ९३५ रुपैयाँ लाग्ने छ । बढेको भाडा बुधबारबाट लागु हुनेछ । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ पुर्याएको छ ।
प्रतिक्रिया