काठमाण्डु – हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् ।
संघका अनुसार सबैभन्दा बढी काठमाण्डु–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ भने काठमाण्डु–सिमरा ९० रुपैयाँले बढेको छ ।
योसँगै अब काठमाण्डुदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ । यस्तै काठमाण्डु–नेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर ९ हजार ३२५, जनकपुर ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ ।
बढेको भाडा आगामी बुधबार अर्थात् जेठ ११ गतेदेखि लागू हुने संघले जनाएको छ । आइतबार एक सूचना जारी गर्दै नेपाल आयाल निगमले पेट्रोल÷मट्टितेल र डिजेलको समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो । यता हवाई इन्धनको समेत प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।
प्रतिक्रिया