काठमाडाैंमा चाप बढेपछि काभ्रेमा बन्ने भयो विमानस्थल, निर्माणस्थलको टुंगो १५ दिनभित्रै लाग्ने

काठमाडाैंमा चाप बढेपछि काभ्रेमा बन्ने भयो विमानस्थल, निर्माणस्थलको टुंगो १५ दिनभित्रै लाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले आन्तरिक उडान व्यवस्थापनका लागि काभ्रेमा विमानस्थल निर्माण गर्ने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वैकल्पिक विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेका हुन्।

सरकारी अधिकारीसहित मंगलबार काभ्रे पुुगेका मन्त्री अधिकारीले बनेमा नगरपालिकाको नागीडाँडा तथा धुलिखेल नगरपालिकाको ठूलीचौर र चिसापानी ठूलीचौरकोे अवलोकन गरेका छन्। अब नागीडाँडा वा ठूलीचौरमा विमानस्थल बन्नेछ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुवै स्थानमा विमानस्थल निर्माणका लागि विभिन्न मितिमा प्रारम्भिक अध्ययन गरिसकेको छ । अबको १५ दिनभित्र विमानस्थल निर्माणको टुङ्गो लाग्ने मन्त्री अधिकारीले बताए।

मन्त्री अधिकारीका अनुसार विमानस्थल निर्माणको स्थान अध्ययनका लागि मन्त्रालयले एक विज्ञ समिति गठन गर्नेछ। ‘दुई दिनभित्र समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइनेछ,’ उनले भने,‘ प्रतिवेदनको निष्कर्षअनुरुप विमानस्थल निर्माण आगामी आर्थिक वर्षको बजेट भाषणमा समेटिने छ।’

अवलोकनमा हिँडेका सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौंको विकल्पका रुपमा काभ्रेमा विमानस्थल निर्माण गरिने बताए।

क्यानका महानिर्देशक सञ्जिव गौतमले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको ‘एयर ट्राफिक’ चाप कम गर्न काठमाडौँ नजिकको गन्तव्य काभ्रेमा विमानस्थल निर्माणका लागि अध्ययन भएको बताए।