ऐश्वर्या रायलाई एक्लै किन भेट्न चाहान्थे हार्वी वाइनस्टीन?

ऐश्वर्या रायलाई एक्लै किन भेट्न चाहान्थे हार्वी वाइनस्टीन?


काठमाडौं– हलिउडका चर्चित फिल्म निर्माता हार्वी वाइनस्टीन आजकल तनावमा छन्।

 

हलिउडकी लोकप्रिय एवं प्रतिष्ठित अभिनेत्रीहरुले उनीविरुद्ध यौन उत्पीडनको आरोप लगाएकी छन्। जसकारण वाइनस्टीन तनावमा मात्र छैनन् हैरान बनेका छन्।

 

अमेरिकी अभिनेत्री एन्जेलीना जोली, ग्वीनेथ पाल्त्रोव र जेनिफन्र लेरेन्ससहित कई अभिनेत्रीले उनीमाथि आरोप लगाएका हुन्।

 

यो घटनामा वाइनस्टीनविरुद्ध आरोप लगाउनेहरु बढ्दै गएका छन्।

 

पछिल्लो जानकारी अनुसार अभिनेत्री ऐश्वर्या रायका मेनेजरले दाबी गरेका छन् ‘वाइनस्टीन ऐश्वर्या रायसँग एकान्तमा एक्लै भेट्ने कोशिष गरेका थिए।’

 

ऐश्वर्या रायका इन्टरनेशनल ट्यालेन्ट मेनेजरका अनुसार वाइनस्टीनले उक्त खुलासा गरेका हुन्।

 

अन्तर्राष्ट्रिय मञ्चमा ऐश्वर्या र वाइनस्टीनबीच कयौं पटक भेट भएको थियो। र, उनले ऐश्वर्याका मेनेजरसँग सोधेका थिए ‘कसरी एक्लै भेट्न सकिन्छ?’  तर, ऐश्वर्या मेनेजरले उक्त कुरा ऐश्र्याकहाँ पुग्न दिएनन्।