काठमाण्डु – कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयलाई प्रभावित पार्न खोजेको आरोप लगाएका छन् ।
सोमबार महान्यायाधिवक्ता कार्यालयको ७४औं स्थापना दिवसको अवसरमा बोल्दै उनले सडक र सामाजिक सञ्जालबाट न्यायालयलाई प्रभावित बनाएको आरोप लगाए ।
कानूनी शासनमा सय वटा दोषी छुटे पनि एउटा निर्दोष पर्न नहुने उनले बताए । उनले लोकतान्त्रिक व्यवस्थालाई जोगाउनु सबैको दायित्व भएको बताए ।
मन्त्री चौरसियाले आफूहरूको कमीकमजोरी र व्यवस्थामा भएका कमी–कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया