मामाघर गएका अजय होटेलमा मृत भेटिए

मामाघर गएका अजय होटेलमा मृत भेटिए


मकवानपुर – हेटौँडाको एक होटेलमा पुरुष मृत फेला परेका छन् ।

हेटौँडा उपमहानगरपालिका–२ स्थित पल्पसा प्याराडाइज होटेलको कोठामा काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी ४७ वर्षीय अजय मानन्धर मृत फेला परेका हुन् ।

गत असोज २७ गतेदेखि होटेलको तेस्रो तल्लाको ४०५ नम्बर कोठामा बसिरहेका उनी मृत भेटिएका मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी मामाघर आएको र पहिले पनि हेटौडा आउँदा सोही होटेलमा बस्ने गरेको खुलेको छ । कार्तिक २ गते दिउँसो करिब ४ बजे मानन्धरका साथीहरूले फोन गर्दा नउठेपछि होटेलमा गई हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।

मृतकको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।