दुई लाख रुपैयाँ घुससहित नापी सर्वेक्षक देवनारायण चौधरी पक्राउ

दुई लाख रुपैयाँ घुससहित नापी सर्वेक्षक देवनारायण चौधरी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान – महोत्तरीको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सिरहाको लहान ६ स्थित नापी कार्यालयबाट मंगलबार नापी सर्वेक्षक देवनारायण चौधरीलाई दुई लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको छ । मंगलबार सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदालिँदै देवनारायण चौधरी नापी कार्यालयबाट रंगेहात पक्राउ गरेका हुन् ।

प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमसागर केसीको नेतृत्वमा आएको टोलीले लहान नगरपालिकामा रहेको करोडौँ मूल्य पर्ने एक बिघा तीन कठ्ठा जग्गा भुलवश श्रेस्तामा एक कठ्ठा तीन धुर उल्लेख भएपछि सच्याउन सर्वेक्षक चौधरीले सेवाग्राहीसँग पाँच लाख रुपैयाँ मागेका थिए।

श्रेस्ता कायम गर्ने समयमा भुलवश लेखिएको एक कठ्ठा तीन धुरलाई एक बिघा तीन कठ्ठा बनाउने शर्तमा सर्वेक्षक चौधरी पहिलो किस्तावापत् सेवाग्राहीबाट दुई लाख रुपैयाँ मागेका थिए ।