पार्टीको निर्देशनमा अनेरास्ववियु केन्द्रिय कमिटीको बैठक स्थगित

पार्टीको निर्देशनमा अनेरास्ववियु केन्द्रिय कमिटीको बैठक स्थगित


काठमाडौँ- नेकपा एमालेकाे निर्देशनमा अनेरास्ववियु केन्द्रिय कमिटीको बैठक स्थगित भएकाे छ। जेठ ४ र ५ गते हुने भनिएको अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको हाे ।

आज हुन लागेको नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको पार्टी एकताको कारण बैठक स्थगित गरिएको अध्यक्ष नविना लामाद्वारा आज जारीे विज्ञप्तिमा उल्लेख छ ।

मुलुकमा भएको सकारात्मक राजनीतिक परिवर्तका कारण आजबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच हुन गइरहेको पार्टी एकताको एतिहासिक अभियानलाई संगठनले स्वागत गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।