काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का काठमाडौं जिल्ला उपाध्यक्ष गोविन्द विष्ट रिहा भएका छन् ।
शुक्रबार उनलाई तीनकुने प्रहरीले अपहरण शैलिमा काठमाडौंको सिनामंगलबाट गिरफ्तार गरेको थियो । विभिन्न विषयमा उनलाई सोधपुछ गरेर शनिबार दिउंसो रिहा गरेको छ । शुक्रबार उनी आफ्नै कामको शिलशिलामा हिडिरहेका बेला प्रहरीले एकाएक उनलाई प्रक्राउ गरेको थियो ।
फरक राजनीतिक आस्था र विचार बोकेकै कारण विना कसुर हामिहरुले गिरफतार हुनु परेको छ, । यो कहांसम्मको अन्याय हो ?रिहा लगत्तै काठमाडौपार्टीसंग कुरा गर्दे भने, सरकारको यो फासिवादी रवैयाको घोर भत्र्सर्ना गर्दछु ।
प्रहरीले अनावश्यक रुपमा आफ्नो संगठन र पार्टीका नेता कार्यकर्ताहरु माथि धरपकड वढाएको भन्दै बिष्टले घोर भत्र्सर्ना समेत गरे । गिरफ्तार लगत्तै उनको कोठामा प्रहरीले छापा समेत मारेको थियो । सरकारले नेकपाका प्रवक्ता प्रकाण्ड,पोलिटव्युरो र केन्द्रिय सदस्यसहित दर्जनौं नेता कार्यकर्ताहरु प्रहरीले हिरासतमा राखेको छ ।
प्रतिक्रिया