अखिल क्रान्तिकारी खोटाङको नेतृत्वमा माया चाम्लिङ राई

अखिल क्रान्तिकारी खोटाङको नेतृत्वमा माया चाम्लिङ राई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिक्त्तेल-अखिल(क्रान्तिकारी) खोटाङको १७औ जिल्ला सम्मेलनले माया चाम्लिङ राईको अध्यक्षतामा २९ दस्यीय जिल्ला कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । अखिल(क्रान्तिकारी) उपाध्यक्ष दिपेश पुनको प्रमुख अतिथित्यमा खोटाङको सकेला बहुमुखी क्याम्पसमा १७ र १८ गत्ते सम्मेलन सम्पन्न भएकाे हाे ।

सम्मेलनले उपाध्यक्षमा उमेश भुजेल, सचिवमा दार्विन राई, सहसचिवमा प्रतिक्षा तामाङ र उद्सव सुनुवार, कोषाध्यक्षमा दिल्लीराम खड्का रहेका छन् । नवनिर्वाचित जिल्ला कार्यसमितिलाई प्रमुख अतिथी पुनले सपथग्रहण गराएका थिए । क्रान्तिकारी केन्द्रिय सचिव भदन भट्टराई,पार्टी जिल्ला ईन्चार्ज धिरेन, पूर्व सभासद समिता कार्की र सत्यकला राईले बधाई मन्तव्य व्यक्त गरेका थिए ।