छकपैयामा नेपाली भुमि मिचिएकोमा क्रान्तिकारीको आपत्ति

छकपैयामा नेपाली भुमि मिचिएकोमा क्रान्तिकारीको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)  जंगे पिलर सारी करिव ५० विघा नेपाली भुमि  मिचिएको पर्सा विरगञ्ज स्थित छकपैया जाने भएको छ । आज क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले विज्ञप्ति प्रकाशित गरि उक्त घटनावारे आपत्ति प्रकट गरेका  छन् ।

 

तामाङद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका वडा नं.१ को छकपैयामा करिव ५० विघा भन्दा वढि नेपाली भूमी मिचेर जंगे पिलर सारिएको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । ’

 

’नेपाल(भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दुवै देशको दशगजा क्षेत्रमा हराएका पिलर निर्माण र जीर्णको मर्मत गर्ने क्रममा नेपालीले भोगचलन गर्दै आएको भूमि एकाएक भारततर्फ पर्ने गरी नयां पिलर वनाइको घटनाले हामीलाई अत्यन्तै गम्भीर बनाएको छ । ’ तामाङले भनेका छन् ।

 

क्रान्तिकारीले हचुवाको आधारमा गरिएको  सिमा सर्वेक्षणको काम तत्काल रोकी  नेपाली पक्षका सदस्यलाई फिर्ता वोलाएर कुटनैतिक माध्यमवाट अविलम्ब समस्या समाधान गर्न माग गरेको छ ।

सिमा सारिएको उक्त क्षेत्रमा गई स्थलगत रुपमा अध्ययन गरी थप संघर्ष उठान गर्न संंगठनका उपाध्यक्ष विजय गौतमको नेतृत्वमा  ८ सदस्यीय केन्द्रीय टोली छकपैया जाने निर्णय गरेको छ ।

 

टोलीका अन्य सदस्यहरुमा उपमहासचिव जिपि मैनाली,सचिव द्वय गजेन्द्र देव र सुर्यनारायण शाह,केन्द्रीय सदस्यहरु शिवम् शाह,इस्ककुमार पासवान,जुवेर आलम,सकिना बस्नेत रहनुभएको छ ।

स्थलगत अध्ययन पश्चात् थप संघर्ष घोषणा गरिने क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए । त्यसक्रममा सरकार लगायतका सवै सरोकारवाला निकायलाई घच्घच्याउने बस्नेतले जनाए ।