अनेरास्ववियुको अध्यक्षमा कसले मार्ला बाजी ?

अनेरास्ववियुको अध्यक्षमा कसले मार्ला बाजी ?


काठमाडौं– अनेरास्ववियुका केन्द्रिय अध्यक्ष नविना लामा सांसद भए पछि अहिले अखिल पुनर्गठनको मुद्वाले प्रवेश पाएको छ । अनेरास्ववियु स्थायी कमिटीको औपचारिक वैठकमा अध्यक्ष नविना लामाले विदा लिने घोषणा गरेकी हुन् । अखिलको ईतिहास हेर्ने हो भने पनि २०५१ सालमा तत्कालीन अध्यक्ष रामनाथ ढकाल सांसद भएपछि अखिलबाट राजीनामा दिएका थिए र योगेश भट्टराई अध्यक्ष बनेका थिए ।

माओवादी केन्द्रसँग एमालेको पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न लागेको अनेरास्ववियूका उपाध्यक्ष महेश बर्तौलाले बताए । ‘अध्यक्ष लामाको कार्यकाल सकिएको छ र प्रतिनिधिसभाको सदस्यमा समेत निर्वािर्चत हुनुभएको छ’ बर्तौलाले भने,‘केही दिनअघि अखिलको स्थायी कमिटी बैठकमा समेत उहाँले आफू प्रतिनिधिसभाको सदस्यको भइसकेको अवस्थामा नेतृत्व हस्तान्तरण गर्न कुरा बताउनुभएको थियो ।’

लामा समानुपातिकतर्फबाट सांसद बनेकी हुन् । एकै व्यक्ति दुई पदमा बस्न नहुने पार्टीको नियमअनुसार लामा अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा छिन् । अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) बीच तत्काल एकता पनि सम्भव नहुने भएपछि संगठनलाई चलायमान बनाउन लामाले नेतृत्व छाड्न लागेकी हुन् ।

विद्यार्थी फ्याक्सन ईन्चार्ज रविन्द्र अधिकारी पनि यसको गृहकार्यमा लागेका छन् । माधव नेपाल, झलनाथ खनाल समुहबाट सुदेश पराजुली अध्यक्षमा एकमात्र दावेदार रहेका हुन् भने, पार्टी अध्यक्ष केपी शर्मा ओली समुहबाट रश्मि आचार्य  , महेश बर्तौला, ऐन महर, शैलेष लामा र सुनिता बरालको दावेदार रहेका छन् ।ओली समुहमा अध्यक्ष को बन्ने भन्नेमा चरम विवाद देखिएको अखिल स्रोत बताउछ ।

ओलीले पराजुलीलाई अध्यक्ष बनाएमा उनले गुटभन्दा माथिको निर्णय गर्न सक्ने धेरैको विश्वास रहेको छ । त्यस्तै ओलीले पनि यो कुराबाट सुनौलो मौकाको सन्देश दिन पनि चाहेका छन् । अखिल पुनर्गठन निर्णयमा निष्पक्षता कायम गर्न पराजुलीको नेतृत्व आवस्यक रहेको नेताहरुले बताएका छन् । पराजुलीको नेतृत्वमा अनेरास्ववियु आएको अवस्थामा गुटगत द्धन्दको अन्त्य हुने समेत विश्वास पार्टीका नेताहरुले लिएको बताईएको छ ।

त्यस्तो त ओलीले सुनिता बराललाई पनि मनोनित गर्ने सम्भावना रहेको अखिलका नेताहरु बताउछन् । झापाकी बराल हाल केन्द्रिय उपाध्यक्ष रहेकी छिन् । अखिलका महासचिव ऐन महरालाई पार्टी केन्द्रिय समितिमा लगेर ओलीले बरारलाई वा पराजुलीलाई अध्यक्षमा मनोनित गर्न सक्ने ति नेता बताउछन् ।

अखिल मिलाउने हो भने पार्टींमा नयाँ सन्देश र आम विध्यार्थीमा विध्यार्थी आन्दोलनलाई नयाँ गतिका साथ अगाडि वढाउनु आवस्यक रहेको अबस्था हो, ति नेताले भने । पुर्व अनेरास्ववियुका अध्यक्षहरु, वर्तमान विध्यार्थी नेताहरु पराजुली र बरालमध्ये एकलाई अध्यक्ष वनाउन लागेका छन् । साथै पार्टीका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले पनि अनेरास्ववियुमा नयाँ सन्देश दिन आवश्यक ठानेका छन् ।
विसं २०७२ माघ २८ गते अनेरास्ववियूको २२ आैँ राष्ट्रिय महाधिवेशन भएको थियो । दुई वर्ष कार्यकाल रहेको केन्द्रीय कमिटीको समयावधि सकिएको छ ।