क्रान्तिकारीमा पदाधिकारीको संख्या ३३ पुग्यो, सामाजिक संजालमा उम्मेदवारी घोषणा गरे निलम्वनसम्मको कार्वाही

क्रान्तिकारीमा पदाधिकारीको संख्या ३३ पुग्यो, सामाजिक संजालमा उम्मेदवारी घोषणा गरे निलम्वनसम्मको कार्वाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पदाधिकारी र केन्द्रिय समितिको संख्या थपिने भएको छ । क्रान्तिकारीको आइतवार वसेको केन्द्रिय कार्यालयको वैठकले पदाधकारीको संख्या ३३ बनाउने निर्णय गरेको छ । यसअघि संगठनको केन्द्रिय समितिले पदाधीकारीको संख्या २५ र केन्द्रिय समिति १ सय ९९ सदस्यिय बनाउने निर्णय गरेको थियो ।

 

कार्यालयको वैठकले केन्द्रिय समितिको संख्या समेत २ सय ४३ सदस्यिय बनाउने निर्णय गरेको छ ।  यसअघि क्रान्तिकारीले ३ खुला र २ समावेशी र १ मनोनित गरी ६ जना उपाध्यक्ष, २ खुला र १ महिला गरी ३ उपमहासचिव, १३ जना सचिव र एक कोषाध्यक्ष बनाउने निर्णय गरेकोमा आइतवार साझ बसेको कार्यालयको वैठकले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको हो ।

 

बैठकले उपाध्यक्षको संख्या बढाएर ९ र उपमहासचिवको संख्या बढाएर ६ पुरयाएको छ । जसमध्ये उपाध्यक्ष्ँमा खुला ४ जना, समावेशी ४ जना र एक मनोनित, उपमहासचिवमा ३ खुला,१ छात्रा र १ मनोनित, सचिवमा प्रत्येक प्रदेशवाट १–१ गरी ७ जना,विश्वविद्यालयबाट १ जना,आदिबासी जनजाती ६ जना, महिलाबाट २ जना र खुला सचिव २ जना बनाउने निर्णय गरेको छ  । अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र वस्नेतले सम्मेलनलाई जुनसुकै हालतमा समपन्न गर्नका निम्ती र एकताको मनोविज्ञान र समावेशी सिद्धान्तलाई ध्यानमा राखेर पदाधिकारीको संख्या बढाइएको बताए ।

 

केन्द्रिय कार्यालयको बैठकबाट भागवण्डा मिलाउन पदाधिकारी र केन्द्रिय समितिको संख्या थप गरेको भन्दै संगठनमा भने तिव्र असन्तुष्टि छ । पार्टी अध्यक्ष प्रचण्डले समेत पदाधिकारीको संख्या १५ भन्दा बढी नवढाउन र केन्द्रिय समितिको संख्या १५१ भन्दा माथी नबढाउन निर्देशन दिएका थिए । स्रोतकाअनुसार माओवादीका जनजाती र दलित समुदायबाट प्रतिनिधीत्व गर्ने नेताहरुले समावेशी उपाध्यक्षको संख्या घटाएकोमा तिव्र असन्तुष्टी जनाएपछि पदाधिकारीको संख्यामा हेरफेर भएको हो ।

 

 

यसअघि क्रान्तिकारीले सम्मेलन र नेतृत्व चयनसम्बन्धी कार्यविधी बनाउन संगठनका उपाध्यक्ष मदन अर्यालको नेतृत्वमा कार्यदल निर्माण गरेको थियो । अर्याल नेतृत्वको कार्यदललले ३३ सदस्यिय पदाधिकारी बनाउने निर्णय गरेको थियो । उक्त कार्यविधी केन्द्रिय समितीबाट समेत पारित भएको थियो । माओवादी केन्द्रले केन्द्रिय समितीको संख्या ९९ सदस्यिय बनाउने निर्णय गरेपछि क्रान्तिकारीले समेत केन्द्रिय समितिको संख्या सानो बनाउने निर्णय गरेपनि सवैतिर भागविण्डा मिलाउन केन्द्रिय समिति र पदाधिकारीको संख्या बढाउनु परेको नेताहरु बताउछन् ।

 

 

यता, पहिलो पटक चुनाव हुन लागेको संगठनमा नेताहरुले चुनावी प्रचार तिव्र पारेपछि संगठनले अस्वस्थ प्रतिस्पर्धालाई रोक्न भन्दै संगठनका पुर्व अध्यक्ष रमेश मल्लको नेतृत्वमा ५ सदस्यिय निर्वाचन समिती गठन गरेको छ । निर्वाचन समितीले मनोनयन दर्तापुर्व सामाजिक संजाल र संचारमाध्यममा कुनै पनि पदको उम्मेदवार हुं भनेर आफुखुसी उम्मेदवारी घोषणा गर्न नपाइने आचारसंहिता बनाएको छ । यदि आचारसंहित उल्लंघन गरे त्यसलाई साधारण सदस्यबाट समेत निलम्वन गर्न सकिने अधिकार पनि निर्वाचन समितिलाई दिइएको छ ।

 

पहिलो पटक चुनावी प्रतिस्पर्धामा भाग लिन लागेको अखिल क्रान्तिकारीमा धेरै नेताहरु पदाधिकारी र केन्द्रिय सदस्यका लागी आकांक्षी देखिएका छन् । उनिहरुले आफ्नो पक्षमा माहोल जुटाउन प्रचार प्रसारलाई तिव्र पारेका थिए ।  संगठनको अध्यक्षको लागी आरसी अधिकारी,रन्जीत तामाङ, सुरेन्द्र वस्नेत, अनिल शर्मा र मदन अर्याल प्रतिस्पर्धामा छन् । त्यसैगरी महासचविमा खेम सिंह,दिपेश पुन,गंगाराम तिमिल्सेना, राजेश्वरी सुवेदी, तिलकराज भण्डारी,पुरन केसी, विजय गौतम,जिपी मैनाली,धुव्र ओली र एकतावाट आएका प्रकाश कडेललगायत प्रतिस्पर्धामा छन् ।