काठमाण्डु– बझाङ्गकाे खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकायासहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार अध्यक्ष रोकाया,वडाध्यक्ष भीमबहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, प्राविधिक असिस्टेन्ट इन्जिनियर जनक थापा मगरविरुद्ध मुद्दा दायर गरेको हो । रोकाया नेपाली काँग्रेसबाट खप्तडछान्ना गाउँपालिकाकाे अध्यक्षमा निर्वाचित भएका थिए ।
यस्तै तत्कालीन लेखापाल मदनराज जोशी, उक्त गाउँपालिकाको ४ नम्बर वडा अन्तर्गतको सिम्लका घट्ट सिंचाई कुलो योजना उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध मुद्दा दायर भएको छ ।
उनीहरुले आर्थिक वर्ष २०७६-७७ मा सिम्लका घट्ट कुलो सिचाँई निमार्ण सम्पन्न गरेपनि आर्थिक वर्ष २०७७-७८ मा कुनै पनि काम नगरी भुक्तानी लिएको आरोप लगाएको छ।
उनीहरुविरुद्ध जनही १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगो माग्दै बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।
प्रतिक्रिया