अख्तियारको फन्दामा यसरी पक्राउ परेका थिए प्रहरी निरीक्षक हरिहर सुनुवार

अख्तियारको फन्दामा यसरी पक्राउ परेका थिए प्रहरी निरीक्षक हरिहर सुनुवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी निरीक्षक हरिहर सुनवारलाई मंगलवार सांझ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  ५० हजार घुससहित रंगेहात पक्राउ गर्यो । सुनुवार पक्राउ गरेकै दिन विहानमात्रै काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकले काठमाडौं जिल्लामा कार्यरत,एसपी,डिएसपी र इन्सपेक्टरहरुलाई बोलाएर सचेत गराएका थिए ।

 

 

 

जाजरकोट घर भएका सुनुवार नेपाल प्रहरीमा २०६९ मा सहायक प्रहरी निरीक्षकमा भर्ना भएका थिए । उनी आन्तरीक रुपमा प्रतिस्पर्धा गरेर २०७० चैतमा प्रहरी निरीक्षक भएका हुन ।   

 

 

एसएसपी धानुकलाई उनको बारेमा चौतर्फि गुनासो आएपछि सचेत गराएपनि उनले आफ्नै हाकिमलाई वास्ता गरेनन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले मंगलवार मातहतका अधिकारीलाई अख्तियार सक्रिय भएकोले सचेत रहन निर्देशन समेत दिएका थिएका थिए ।  

 

सर्वाेच्च अदालत सुरक्षा दस्तामा दरबन्दी रहेका सुनुवार तत्कालिन गृहमन्त्री जनार्दन शर्माको सिफारीसमा पैसा कमाउने क्षेत्र भनेर चिनिएको बसपार्कको प्रमुख हुन पुगेका   थिए । उनको मेट्रो प्रमुख समेत रहेका एआईजी जयबहादुर चन्दसंग सुमधुर सम्बन्ध थियो ।

 

 

 

उनलाई माओवादी केन्द्रका नेताहरुको संरक्षण भएकाले पनि उनले हाकिमलाई टेर्न आवश्यक ठानेनन् ।  सुनुवारले बसपार्कमा संचालित होटल संचालकलाई पैसा मागेर हैरान बनाउन थालेका थिए । साढे दुइ महिना अघिमात्र बसपार्क काजमा खटिएका निरीक्षक सुनारको बारेमा अख्तियारमा पटक–पटक गुनासो पुगेको थियो ।

 

 

 

प्रहरी निरीक्षक सुनवारमाथी नयां बसपार्कमा उच्छृखंल गतिवीधी गर्ने होटलहरूबाट महिनावारी तोकेर रकम उठाएको आरोप छ ।  उनले होटल संचालकहरुलाई २० हजारदेखी ५० हजारसम्म महिनाबारी तोकेका थिए । उनले माथिल्लो तहसम्म पैसा बुझाउनुपर्ने भन्दै होटल संचालकसंग पैसा माग गरेको होटल संचालकको आरोप छ ।

 

 

 होटल संचालकको गुनासोपछि अख्तियार सक्रिय भएको थियो । बसपार्कमा होटल संचालन गरीरहेका होटल ब्यवसायीहरु बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुुगेर उनको बारेमा बयान दिएका छन् ।