पूर्व हवल्दार बोहोराले मिरापिक हिमालमा फहराए सशस्त्र प्रहरीको झण्डा

पूर्व हवल्दार बोहोराले मिरापिक हिमालमा फहराए सशस्त्र प्रहरीको झण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कल बहादुर बोहोराले मिरापिक हिमालको सफल आरोहण गरेका छन् ।

बोहोराले सोमबार ६ हजार ४ सय ७६ मिटर अग्लो हिमालको सफल आरोहण गरेका हुन् ।

सगरमाथा आरोहणका क्रममा उनले मिरापिक हिमालको चुचुरोमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराको सशस्त्र प्रहरीका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बोहोरा गत चैत्र २८ गते संगठको झण्डा लिई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए ।

सेवाबाट अलग भएपछि लामो समयदेखि स्पेनमा बस्दै आएका बोहोराले आफुलाई संगठनले धेरै माया गरेको तथा भविष्यको बाटो देखाउन सफल भएकोले संगठनको लागि केही गर्नुपर्छ भन्ने भावनाले नै संगठनको झण्डा बोकेर सगरमाथा आरोहरणमा जान लागेको बताएका छन् ।