काठमाडौं – कुमारी बैंकका भिसा क्रेडिट कार्डहोल्डरहरुले अब उक्त कार्डबाट सुरक्षित इ-कमर्स कारोबारहरु गर्न सक्नेछन् । थ्री- डि सेक्युर प्रोटोकोलमा आधारित भेरिफाइड बाई भिसा प्रणाली अनुसार कुमारीको भिसा क्रेडिट कार्डबाट अनलाइन कारोबार गर्दा कार्डहोल्डर प्रमाणीकरण विधि अनुरूप थप सुरक्षा महसुस गर्ने छन् ।
जस अन्तर्गत कार्ड प्रयोगकर्ताले कुनै पनि अनलाइन कारोबार गर्दा, इ–मेल वा “वान टाइम पासर्वड” प्राप्त गर्ने छन्, जसबाट कार्डहोल्डरको पहिचान प्रमाणीकरण हुनेछ । अब कुमारी बैंकको क्रेडिट कार्डबाट कारोबार गर्दा उक्त सुरक्षाको कारण निश्चिन्त भई अनलाइन शपिङ्ग लगायतका अतिरिक्त कारोबार गर्न सक्ने छन् ।
यस सुरक्षा प्रणाली कार्यान्वयन पश्चात् बैंकका क्रेडिट कार्डहोल्डरहरुकोे बैंकिङ्ग सेवा लगायत अनलाइन कारोबार प्रणालीमा Consumer confidence बढ्नेमा बैंक विश्वस्त छ । यसैगरी, कार्डहोल्डरहरुले छिट्टै कुमारी बैंकको मोबाइल टोकन एप डाउनलोड गरेर पनि अनलाइन कारोबारको इत्ए प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । समसामयिक सन्दर्भमा पहिचान चोरी लगायत अनलाइन भुक्तानीमा बढ्दो ठगीलाई न्यूनीकरण गर्दै आफ्ना ग्राहक वर्गहरुलाई विश्वसनीय एवं भरपर्दो सेवा दिने प्रयत्नका साथ उक्त प्रणाली प्रयोगमा ल्याएको बैंकले जनाएको छ ।
प्रतिक्रिया