एजेन्सी – रक्सी पिउने व्यक्तिको शरीरमा अल्कोहल पाइनु सामान्य कुरा हो । तर कहिलेपनि रक्सी नपिउने महिलाको शरीरमा पनि रक्सी पाइयो भन्दा अचम्म लाग्न सक्छ । एक महिलामा यस्तैनै भएको छ ।
उनको कलेजोका डाक्टरले उनको पिसाबको परिक्षणमा अल्कोहलको मात्रा पाइएकाले उनको शल्यक्रिया गर्न अस्वीकार गरेका छन् । ती महिलाले आफुले जिन्दगीमा कहिले पनि रक्सी नपिएको बताएपछि डाक्टरले जाँच गर्दा यो विश्वकै पहिलो घटना भएको फेला परेको छ ।
यी महिलाको शरीरमा पिसाबको सट्टा अल्कोहल बनिरहेको थियो । महिलाको बारेको यो रिपोर्ट एनाल्स अफ इन्टरनल मेडिसिनमा छापिएको हो । महिलाको ब्लाडर युरिनका कारण उनको शरीरमा अल्कोहल बन्ने गरेको रिपोर्टमा उल्लेख गरिएको छ । डाक्टर यो सबै थाहा पाएर अचम्ममा परेका छन् । उनले यसलाई अटो बु्रअरी सिन्ड्रोम नाम दिएका छन् ।
अध्ययनका अनुसार एक ६० वर्षकी महिलालाई आफ्नो कलेजको शल्यक्रिया गराउनु थियो । तर अस्पतालले बारम्बार यो अस्वीकार गर्दै आएको थियो । यसको कारणमा उनको पिसाब परिक्षणमा अल्कोहल पाइनु । यसबाट डाक्टरलाई महिलाले रक्सी पिउने गरेको जस्तो लागेको थियो । महिलालाई सिरोसीस वा मधुमेह भएको थियो ।
गत वर्ष उक्त महिलाको यो घटना एक प्याथोलोजिस्ट तथा यूपीएमसी क्लिनिकल टक्सिकोलोजी ल्याबका निर्देशक केनिची तमामासम्म पुग्यो । जब उनले परिक्षण गरे, महिलामा अचम्मको सिन्ड्रोम देखियो । यो सिन्ड्रोमका कारण महिलाको शरीरमा अल्कोहल बनिरहेको थियो र यो उनको पिसाबको माध्यमबाट बाहिर निक्लिरहेको थियो । महिलाको रगत परिक्षणमा अल्कोहल नभएको तर पिसाब परिक्षणमा अल्कोहल भएको तमामाले पाए ।
यदी महिलाले रक्सी सेवन गरेको भए उनको शरीरमा इथाइल ग्लुकोरोनाइड तथा इथाइल सल्फेट फेला पर्ने तमामाले बताए । उनले भने, “मैले सबै कारणहरुलाई एकठ्ठा गरे र यसको समाधान निकाल्ने प्रयास गरे ।” तमामाले एक दुर्लभ अवस्था गट फर्मटेशन सिन्ड्रोमको बारेमा सुनेका थिए । जसमा व्यक्तिको पेटमै फर्मटेशन हुन्छ र अल्कोहलक बन्ने गर्छ । महिलालाई सुगरको बिरामी थियो र उनको पिसाबमा एक यस्तो यीस्ट फेला प¥यो, जसले सुगरलाई तोडेर अल्कोहल बनाउने गर्दथ्यो ।
जब तमामाले महिलाको पिसाबलाई फरक–फरक तापमानमा राखे र ९८.७ डिग्रीमा यो अल्कोहलमा बदलिएको थियो । महिलाको शरीरमा भेटिएको यीस्ट क्यानडिडा ग्लाबराटा थियो, जुन सामान्य रुपमा मानिसको शरीरमा हुने गर्छ ।
प्रतिक्रिया