अप्रिलिया स्ट्रोम स्कुटर नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

अप्रिलिया स्ट्रोम स्कुटर नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?


काठमाडौं – नेपाली बजारमा उच्चस्तरिय इटालियन रेसिङ्ग टेक्नोलोजि भएको अप्रिलिया स्ट्रोम स्कुटर सार्वजनिक भएको छ ।

दुगड ब्रदर्स एण्ड सन्स प्रालिद्धारा सार्वजनिक स्कुटरमा १२५ सि.सि. को आधुनिक प्रविधिको थ्रि भल्व इन्जिन जडान गरिएको छ । जसले गर्दा सवारलाई शक्तिशाली तथा आरामदायी राइडिङ्ग अनुभव दिन्छ ।

अप्रिलिया स्ट्रोम दुईवटा पृथक रङ्ग म्याट रातो र पहेलो आकर्षक ग्राफिकमा उपलब्ध छ, जसले इटालियनको उच्च प्रविधि र बनावटको दक्षता प्रस्तुत गर्दछ ।

१२ इन्चको पराकिलो स्पोर्टस अलोय ह्विल भएको टायर सँगै आउने र अप्रिलिया स्ट्रोम अन रोड र अफ रोड दुवै बाटोको लागि उपयुक्त छ तथा सो को कारणले यसको राइड अरुभन्दा सुरक्षित र आरामदायी हुने कम्पनीको दाबी छ।

यो स्कुटर बिहिवार धरान स्थित दुगड ब्रदर्स एण्ड सन्स प्रालिको डिलर कुमार एण्ड सन्स् अटोट्रेडर्सका प्रोप्राइटर र कम्पनीको क्षेत्रीय प्रबन्धक राजन कुमार श्रेष्ठले एक कार्यक्रमका बीच सार्वजनिक गर्दै यसले नेपाली ग्राहकहरुको मन जित्न सफल हुने आफ्नो बिश्वास व्यक्त गर ।

कम्पनीले अप्रिला स्ट्रोमको मुल्य आगामी असार मसान्तसम्मको लागि दुई लाख चौबिस हजार नै सय तोकेको छ ।

नेपाली बजारमा भेस्वाको बिक्री बितरण ई.सं २०१५ देखि सुभारम्भ भएको थियो र यसले छोटो समयमै नेपाली जनताको मन जित्न सफल भएको छ ।

यही कम्पनीले अप्रिलिया ब्राण्डको स्पोर्टिङ्ग रेसिङ्ग बाइक र स्कुटर पनि बनाउछ । अप्रिलिया २९४ ग्राण्ड पिक रेसहरु जिति बिश्वमै सवैभन्दा बढी रेस जित्ने इतिहास बनाउन सफल भएको ब्राण्ड हो ।