अलईन्डीया तेक्वान्दो प्रतियोगिता गोवामा सुरु

अलईन्डीया तेक्वान्दो प्रतियोगिता गोवामा सुरु


गोवा – अलईन्डीया तेक्वान्दो राष्ट्रिय प्रतियोगिता शनिबार गोवामा उद्घाटन भएको छ । अलईन्डीया तेक्वान्दो हेड कोच प्रकाश जैगडीको अध्यक्षतामा र कंग्रेस आई भारतका वरिष्ठ नेता संसद वुर्व लोकसभा सभामुख फ्रान्सिस सर्दिनाहा स्वयी पार्टीका केन्द्रीय नेता पुर्व कानुनमंत्रि रमाकान्त खलिफा को प्रमुख उपस्थिति र समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य लोकेन्द्र सेर्पाली र भारतका वरिष्ठ पत्रकार प्रभाकर ढगेको उपस्थितिमा दिप प्रज्वलन गरि प्रतियोगिता उद्घाटन भएको हो ।

उद्घाटन समारोहमा राष्ट्रिय अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकाररुले साँस्कृतिक कार्यक्रम एवम् नृत्य प्रस्तुति समेत गरेका छन् । समारोहमा विभिन्न राज्यबाट उपस्थित खेलाडीलाई समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य लोकेन्द्र सेर्पाली वरिष्ठ पत्रकार प्रभाकर ढगे र गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा पुनले सम्मान पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता तिनदिन सम्म चलिरहने छ ।

प्रतियोगितामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि फ्रानसिस् सर्दिनाहाले भारतको विकास र समृद्धिको लागि तेक्वान्दो खेल पनि एक प्रमुख हिस्सा भएको जिकिर गरे उनले समग्र खेल जगतलाई विकास नगरिकन भारत विकास नहुने विचार राखे उनले नेपाली छोरा प्रकाश जैगडिलाइ विषेश धन्यवाद दिदै उनले यो पनि भने तेक्वान्दो खेल मार्फ भारतलाई प्रकाश जैगडिले अन्तर्राष्ट्रिय स्तरमा धेरै मेडल र गोल्ड मेडल जिताएकोमा खुसी व्यक्त गरे । उद्घाटन समारोह अफईन्डिया तेक्वान्दोका अध्यक्ष राजेन्द्र बालन र रचना चौंरासिया ले राष्ट्रिय अन्तर्राष्ट्रिय बाट उपस्थित तेक्वान्दो खेलाडीलाई विषेश प्रशिक्षण दिएका थिए ।