सर्वदलीय बैठकः आइफोनमा व्यस्त प्रचण्ड !

सर्वदलीय बैठकः आइफोनमा व्यस्त प्रचण्ड !


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मोबाइलमा ब्यस्त हुदै गरेको तस्वीर सार्वजनिक भएको छ ।

सरकारले बोलाएको सर्वदलीय बैठकमा नेकपाको प्रतिनिधित्व गर्दै सहभागी भएका प्रचण्ड आइफोन ११ मोबाइलमा व्यस्त रहेका हुन् ।

पछिल्लो समय सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीचको सम्बन्धमा दरार आइरहेको छ ।