मोरङ– नेकपा (माओवादी) केन्द्रका नेता अमनलाल मोदी मोरङ– ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन
वाम गठबन्धनका उम्मेदवार मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।
मोदीले ६ हजार ७२९ मतान्तरले आचार्यलाई पराजित गरे।
मोदीले ३३ हजार ५२९ मत ल्याएका छन् भने प्रतिस्पर्धी कांग्रेस नेता आचार्यले २६ हजार ८०० मत मात्रै पाए।
प्रतिक्रिया