राजदूत लक्की शेर्पा बर्खास्त हुँदै, आजै निर्णय हुने

राजदूत लक्की शेर्पा बर्खास्त हुँदै, आजै निर्णय हुने


काठमाडौ – विवादमा परेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई आज सरकारले बर्खास्त गर्ने भएको छ । राजदूत शेर्पाकै पूर्वचालक वाङ्छु शेर्पाले मानव बेचबिखनको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन् ।

विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो ।  परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले अटेरी गरेपछि आज बर्खास्त गर्न लागिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

राजदूत विवादमा परेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र सत्तापक्षीय साङ्सदले छानबिनको माग गरेका थिए । विवादित व्यक्ति राजदूतजस्तो सम्मानित पदमा कायमै रहन नसक्ने सरकारको ठहर छ ।

सरकारको मनसाय विपरीत राजदूत शेर्पाले आफ्नो पद जोगाउन शक्तिकेन्द्रमा धाउने प्रयास गरिरहेकी छन् । समयमै राजीनामा नदिएपछि बर्खास्त गर्दा शेर्पाको भविष्यमा समेत दाग लाग्ने देखिएको छ ।