प्रस्तावित चार राजदूतविरुद्ध उजुरी आह्वान : गुनासो छ ? उजुरी गर्नुस्

प्रस्तावित चार राजदूतविरुद्ध उजुरी आह्वान : गुनासो छ ? उजुरी गर्नुस्


काठमाडौं – संसदीय सुनुवाइ समितिले चार देशका राजदूतको सुनुवाइका लागि उजुरी आह्वान गरेको छ। सरकारद्वारा सिफारिस राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया थाल्न समितिले उजुरी आह्वान गरेको हो ।

गत कात्तिक २४ गते सरकारले नीलाम्बर आचार्यलाई भारत, उदयराज पाण्डेलाई मलेसिया, कृष्ण ढकाललाई संयुक्त राज्य इमिरेट्स (यूएई) र अञ्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गरेको थियो ।

नेपालको संविधानको धारा २९२ मा नियुक्तिपूर्व राजदूतहरुको सिफारिस संसदीय सुनुवाइ समितिमा हुनुपर्ने व्यवस्था छ । यही प्रावधान अनुसार, प्रक्रिया थाल्न समितिले उजुरी मागेको हो । शुक्रबारदेखि मंसिर १७ गतेसम्म उजुरी दिन सकिने छ। उजुरी गर्नेलाई आफ्नो नाम, थर र वतन स्पष्ट रूपमा खुलाउन पनि भनिएको छ।

नाम गोप्य राख्न चाहेमा समितिले नाम थर र वतन गोप्य राख्ने पनि जनाएको छ। उजुरी ७७ वटै जिल्ला प्रशासन कर्यालय वा संसदीय सुनुवाइ समितिको कार्यालयमा दिन सकिने समितिले जनाएको छ।