राष्ट्रपतिले नियुक्त गरिन तीन क्षेत्रका लागि गैरआवासीय राजदूत

राष्ट्रपतिले नियुक्त गरिन तीन क्षेत्रका लागि गैरआवासीय राजदूत


काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले ३ क्षेत्रका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छन्।

 

उनले रुसी महासंघ, अरब गणतन्त्र इजिप्ट र जोर्डन अधिराज्य र क्यानडाका लागि राजदूूत नियुक्त गरेकी हुन्।

 

रुसी महासंघका लागि नेपाली राजदूत ऋषिराम घिमिरेलाई गणतन्त्र काजकस्थानको गैरआवासीय राजदूत नियुक्त गरिएको छ।

 

अरब गणतन्त्र इजिप्टका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याललाई जोर्डन अधिराज्य र क्यानडाका निम्ति र कालीप्रसाद पोखरेललाई जमैकाको गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

 

नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूतत्रयलाई गैरआवासीय राजदूतमा नियुक्त गरिएको हो।