उत्तर कोरियाद्वारा अमेरिकासँगको परमाणु सम्झौताव वार्ता रद्ध

उत्तर कोरियाद्वारा अमेरिकासँगको परमाणु सम्झौताव वार्ता रद्ध


प्योङयाङ –उत्तर कोरियाले शनिबार अमेरिकासँगको परमाणु सम्झौता वार्ता रद्ध गरेको छ ।

अमेरिकाले घरेलु राजनीतिक एजेन्डा पुरा गर्नका लागि वार्ताको समय बचाउने बिचारको रुपमा प्रयोग गरेको आरोप उत्तर कोेरियाले अमेरिकामाथि लगाएको छ । सामाचार एजेन्सी एएनआई्रले न्यूज एजेन्सी एएफपीलाई उद्र्धृत गर्दै यो वार्ता रद्ध भएपछि उत्तर कोरियाले स्याटलाईट लन्चिङ स्टेशन सोहाएमा एक महत्वपूर्ण परिक्षण पनि गरेको उल्लेख गरेको छ ।

यो भन्दा पहिले परमाणु वार्ता रद्ध गरिएको विषयलाई लिएर उत्तर कोरियाका राजदूत किम सोङले एक बयानमा भनेका छन्,“अब हामीलाई अमेरिकासँग लामो वार्ता गर्ने आवश्यकता छैन र परमाणुमुक्त मुद्धा पहिलेनै खारेज गरिसकिएको छ । उनले भनेका छन्, “अमेरिकाद्वारा गरिएको संवाद उनीहरुको घरेलू राजनीतिक एजेन्डा पुरा गर्नका लागि एक चाल थियो ।”

यसका साथै उत्तर कोरियाले आपूmमाथि लागेको प्रतिबन्ध हटाउने माग गरेको छ र यसो नभएमा अन्य उपाय अवलम्वन गर्ने चेतावनी दिएको छ । यदी प्रतिबन्ध हटेन भने पुनः परमाणु तथा लामो दुरीको मिसाइलकोे परिक्षण सुरु गर्ने उत्तर कोरियाले जनाएको छ । २०१७ पछि यस किसिमको परिक्षण बन्द रहदै आएको छ ।

फेब्रुअरीमा हनोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोेरियाली प्रमुख किम जोङ उनबीचको परमाणु सम्झौताका लागि भएको वार्ता पनि असफल भएको थियो । उत्तर कोरियाले अमेरिकालाई उसको व्यवहारमा परिवर्तन गर्नका लागि आह्वान गर्दै आएको छ ।