न्यूजर्सी – अमेरिकाको जर्सी सहरमा भएको गोलाबारीमा एक प्रहरी सहित ६ जनाको मृत्यु भएको छ । सहरका मेयर स्थिभन फुलपका अनुसार अन्य दुई प्रहरी पनि घाइते भएका छन् ।
सहरको ग्रीनभिले इलाकामा कमसे कम एक घन्टासम्म दुवैतर्फबाट गोलाबारी भएको थियो । जर्सी सहर हडसन नदीको एकातिर रहेको छ भने अर्कोतर्फ न्यूयोर्क सहर रहेको छ । गोलीबारी गर्ने व्यक्ति को थिए र उनले यस्तोे किन गरेका हुन् भन्ने बारेमा हालसम्म पनि जानकारी प्राप्त भएको छैन । यद्यपि यो कुनै चरमपन्थी हमला भएको जस्तो नलागेको अधिकारीले बताएका छन् ।
स्थानीय मीडियाका अनुसार गोलाबारीको सुरुवात एक पसलबाट भएको थियो । जहाँ दुई संदिग्धले आफूले आफूलाईनै लुकाएका थिए ।मारिएका प्रहरी ३८ वर्षीय जोसेफ सील्फ थिए । उनले विगत १३ वर्षदेखि जर्सी सहरको प्रहरी सेवामा काम गर्दै आएका थिए ।
जोसेफ सील्सले सडकबाट बन्दुक हटाउनमा महत्वपूर्ण भूमिका निर्वाहा गरेको जर्सी सहरका प्रहरी प्रमुख माइक केलीले बताएका छन् ।केलीका अनुसार स्थनीय समय अनुसार दिउँसो १२ बजेको असापासमा गोलाबारीको सुरु भएको थियो ।
शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने प्रयास गर्दागर्दैै जोसेफ सील्सको मृत्यू भएको बताइएको छ । दुवै शंकास्पद एक ट्रकबाट भागेको र सुपरमार्केटमा गएर लुकेका थिए । उनीहरुले पसल भित्रबाट प्रहरीमाथि गोली बर्साएका थिए ।
प्रहरीका अनुसार आक्रमणकारीसँग भारी राइफल तथा सैयौको संख्यामा गोली रहेको थियो । पछि स्वेट जस्तो विशेष प्रहरी दस्तालाई बोलाएर शंकास्पद व्यक्तिलाई मारिएको थियो । पसलभित्र ३ व्यक्ति मारिएका छन् । पसलभित्र मारिएका व्यक्ति आक्रमणकारीको गोलीबाट भएको बताइएको छ ।
प्रतिक्रिया