काठमाडौं – अमेरिका र चीन केबल सैन्य होइन व्यापारको क्षेत्रमा पनि एक अर्काका प्रतिद्वन्द्वी हुन् । पछिल्लो समयमा हेर्दा अमेरिका र चीन युद्धको अवस्थामा खडा भएका छन् ।
गत वर्ष अमेरिकी युद्धपोतलाई दक्षिणी चीन सागरमा पिपुल्स लिबरेशन आर्मीले रोकेको थियो । यद्यपि अमेरिकाले यसको कडा जवाफ दिने मानिँदै आएको थियो । एक पटक त अमेरिकी युद्धपोत नजकैबाट चिनियाँ लडाकु विमान गएको थियो । यसको कयौं देशले आक्रामक भन्दै बिरोध समेत गरेका थिए ।
ताइवानको मुद्धामा पनि अमेरिका–चीन एक अर्कालाई सधैं आलोचना गर्दै आएका छन् । एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१९ मा ताइवानलाई सैन्य सामग्री बिक्री गर्ने सम्झौता गरिसकेका छन् । तर चीनले यसको आलोचना गर्दै रद्ध गर्न आग्रह गरेको छ ।
अमेरिकी रक्षा सुरक्षा सहयोग एजेन्सी (डीएससीए) का अनुसार यो सम्झौता युद्धक ट्यांक तथा विमानभेदी मिसाइल समेत १०८ एम –१ ए–२ टी एब्राम ट्यांक, २५० स्टिङगर पोर्टेबल एन्टी एयरक्राफ्ट मिसाइल तथा सम्बनिधत उपकरण समावेश छन् । दक्षिण चीन सागरमा चीनले कैयौ नयाँ द्विप बनाइरहेको छ ।
यसलाई लिएर अमेरिकासहित कैयौं छिमेकी देशले कडा विरोध गरेका छन् । तर चीनले विरोधका वास्ता नगरिकन समुद्रमा कृत्रिम टापु बनाएर त्यसमा सैन्य बेस स्थापित गरेको छ ।
विश्वका २ ठूला महाशक्तिकाबीच जारी टकरावका कारण सधैं युद्धको खतरा बनिरहेको छ । विश्वभरीका देशका सैन्य क्षमताको आँकलन गर्ने ग्लोबल फायर पावर इन्डेक्सले २०१९ मा १३७ देशको सेनाको लेखाजोखा सार्वजनिक गरेको छ । पछिल्लो समयमा अमेरिका र चीनबीच द्वन्द्व बढेको अवस्थामा यी दुई देशको सैन्य क्षमता कति छ ? यहाँँ प्रस्तुत गरिएको छ ।
ग्लोबल फायर पावर र्याकिङ
अमेरिका चीन
१ ३
कुल आवादी
३२,९२,५६,४६५ १,३८,४६,८८,९८६
युद्धक सैनिक
११,९६,६४,९७० ६२,११,०५,७०६
रिजर्भ सैनिक
८,६०,००० ५,१०,०००
रक्षा बजेट
७,५०,००,००,००,००० २,३७,००,००,००,०००
विदेशी मुद्रा भण्डार (डलर)
१,२३,३०,००,००,००० ३२,३६,००,००,००,०००
कुल एयरक्राफ्ट
१३,२६४ ३,२१०
कम्ब्याट एयरक्राफ्ट
२,०८५ १,२३२
हमलावर एयरक्राफ्ट
७१५ ३७१
ढुवानी एयरक्राफ्ट
९४५ २२४
हेलिकप्टर
५,७६८ ९११
हमलावर हेलिकप्टर
९६७ २८१
कम्ब्याट ट्यांक
६,२८९ ३,५००
सशस्त्र गाडि
३९,२५३ ३३,०००
स्वचालित तोप
१,४६५ ३,८००
तोप
२,७४० ३,६००
रकेट लन्चर
१,३६६ २६५०
नौसैनिक फ्लीट
४९० ७७७
विमानवाहक पोत
२० २
पनडुब्बी
६६ ७४
विध्वंसक
९१ ३६
एयरपोर्ट
१३,५१३ ५०७
प्रतिक्रिया