एजेन्सी – टोकियो ओलम्पिकमा अमेरिकाले चीनलाई पछि पारेको छ । जापानको टोकियोमा जारी ३२ औं गृष्मकालिन ओलम्पिकको पदक तालिकामा अमेरिकाले चीनलाई उछिनेको हो ।
आइतबार बिहानसम्ममा अमेरिका ३८ स्वर्ण, ३९ रजत र ३३ कास्यसहित कुल ११० पदकसहित शीर्ष स्थानमा उक्लिएको हो । यस्तै चीनले समान ३८ स्वर्ण जिते पनि रजत र कास्यमा पछि परेको छ । चीनले ३१ रजत र १८ कास्यसहित कुल ८७ पदक जितेको छ ।
जापान २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक, बेलायत २१ स्वर्ण, २१ रजत र २२ कास्य जित्दै चौथो स्थानमा उक्लिएको हो ।
प्रतिक्रिया