अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज एच.डब्लू बुशको निधन

अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज एच.डब्लू बुशको निधन


एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति जर्ज हर्बर्ट वाकर बुश (जर्ज एच.डब्लू बुश) को ९४ वर्षको उमेरमा निधन भएको छ।  शुक्रबार अबेर राती जारी गरिएको एक वक्तव्यमा उनको मृत्युबारे जानकारी दिइएको हो ।

अमेरिकाका ४१औं राष्ट्रपति उनी ९४ वर्षका थिए। सन् १९८९ देखि सन् १९९५ सम्म उनी अमेरिकाका राष्ट्रपति भएका थिए।  उनका छोरा जर्ज डब्ल्यू बुश अमेरिकाका ४३ औं राष्ट्रपति हुन् ।

‘९४ वर्षको उमेरमा हाम्रा अतिप्रिय बुवाको निधनले जेब, निल, मार्भिन, डोरो र मलाई निकै दुःखी तुल्याएको छ,’ उनका पूर्व राष्ट्रपति छोरा जर्ज डब्लू बुशले भने ।
उक्त वक्तव्य पारिवारका प्रवक्ता जिम म्याकगार्थले जारी गरेका हुन् । ‘जर्ज एच डब्लू बुश उच्च चरित्रका व्यक्ति थिए ।

एक छोरा र छोरीका लागि उनी अतिप्रिय बुवा पनि थिए । पूरा बुश परिवार ४१ औं राष्ट्रपतिलाई सम्मान र माया गर्ने, उनका लागि प्रार्थना गर्नेहरुका लागि, साथीभाइ र जनताको सहानुभूतीका लागि आभारी छ ।’