वासिङटन – अमेरिकाको पर्ल हार्बर नेभल शिपयार्डमा बुधबार दिउँसो गोलाबारी भएको छ । गोलाबारीपछि शिपयार्ड बन्द गरिएको छ ।
संयुक्त बेस पर्ल हार्बरका तर्फबाट गरिएको ट्वीटमा भनिएको छ,‘शिपयार्डमा गोलाबारी भएको छ । यो घटना दिउसो २ः३० बजे भएको हो । यसै कारणले शिपयार्ड बन्द गरिएको छ ।’
यो घटनामा ३ व्यक्ति घाइते भएका छन् । जसमा २ गम्भीर छन् । बन्दुकधारीले पर्ल हार्ब्रर नेभल शिपयार्डमा आगो लगाएका छन् ।
अमरिकी नेभी बेसका एक प्रवक्ताले भनेका छन्, ‘बुधबार स्थानीय समय अनुसार करिब २ः३० बजे गोलाबारीको समाचार प्राप्त भएको छ । यसपछि सुरक्षा बलले यसको जवाफमा गोलाबारी गरेका थिए ।’
यसपछि कैयौ घन्टाका लागि नेभल बेस बन्द गरिएको छ । एक साक्षीका अनुसार उनी आफ्नो कम्प्युटरमा बसिरहेका थिए । सोही समयमा उनले गोलाबारीको आवाज सुने र जमिनमा ढल्न पुगेको स्थानीय मीडियाले जनाएका छन् ।
नेभीको पोशाक लगाएका एक बन्दुकधारीले पछि आपूmलाई पनि गोली हानेको नाम उल्लेख नगर्ने शर्तमा उनले बताए । पछि हवाई न्यूज नाउले नागरिक घाइते भएको समाचार संप्रेषण गरेको थियो ।
प्रतिक्रिया